२०८१ जेष्ठ १६ गते बुधवार

मावि खाद्रेमा शनिवार चुनाव हुने



तुलसीपुर, २८ भदौ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको जनश्रम माध्यमिक विद्यालय खाद्रेमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन हुने भएको छ।

समितिको पदाधिकारी चयन सहमतीमा हुन नसकेपछि आउदो शनिवार निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा दुई समुह चुनावी मैदानमा होमिएको छ ।
दुई जना महिला सहित चार सदस्यका लागी दुई समुहले प्यानल बनाएर चुनावमा होमिएको समितिले जानकारी दिएको छ ।

संयुक्त समुहका सदस्य पदका उम्मेदवारहरु कलसिंह रावत , बम बहादुर खड्का(दिपक), यसोदा वली र राधा घर्ति चुनावी मैदानमा छन । अर्को समुहवाट रेमन्त बहादुर घर्ति,चेत प्रसाद भुषाल,जानकी वुढा र प्रदेशनी चौधरी चुनावमा होमीएका छन ।

यसैविच संयुक्त समुहका सदस्य पदका उम्मेदवारहरुको समुहले घरदैलो प्रचारप्रसारलाई तिव्र पारेको छ । प्रत्येक अभिभावकहरुको घरघरमा पुगेर आफनो पक्षमा भोट मागेका छन् । सोहि अनुरुप विहिवार खाद्रेका विभिन्न टोलमा पुगेर अभिभावकहरुसंग आफनो पक्षमा भोट मागेको उनीहरुले बताएका छन् ।

विद्यालयको भविष्य निर्माण गर्ने सपना बोकेर आफु अघि सरेको उम्मेदवार कलसिंह रावतको भनाई छ । निस्वार्थ रुपमा समितिमा रहेर काम गर्ने ईच्छा राखेर आफु उम्मेदवार बनेको बताउदै उहाले विद्यालय र विद्यार्थीहरुको भविस्य निर्माणमा भुमिका निर्वाह गर्ने बताउनुभयो ।

यस्तै अर्का उम्मेदवार दिपक खड्काले विगत लामो समय देखी समाज सेवा गर्दै आएको हुदा अहिले विद्यालय क्षेत्रमा रहेर निस्वार्थ रुपमा सेवा गर्ने चाहाना भएको बताउनुभयो ।

अभिभावकहरु संग भोट माग्दै खड्काले आफुले कुनै राजनितिक स्वार्थ नराखेको र बिशुद्ध विद्यालयको उन्नती र प्रगतीका निम्ति काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार