२०८२ जेष्ठ ५ गते सोमवार

मावि खाद्रेको चुनावमा आफना उम्मेदवारहरुलाई जिताउन अपिल



तुलसीपुर, २९ भदौ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको जनश्रम माध्यमिक विद्यालय खाद्रेमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा आफना उम्मेदवारहरुलाई भोट दिएर जिताउन समर्थकहरुले अपिल गरेका छन् ।

समितिको सदस्य पदका उम्मेदवारहरु कलसिंह रावत, बम बहादुर खड्का(दिपक),यसोदा वली र राधा घर्तिको समुहलाई अमुल्य मत दिएर विजयी बनाउन अपिल गरिएको छ ।

समितिको सदस्य चयनमा सहमती जुटाउने प्रयास पटकपटक गरे पनि सहमती नजुटेपछि आफुहरुको समर्थनमा रहेका उम्मेदवारलाई विजयी बनाउन एमालेका नेता तथा निवर्तमान वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)ले आम अभिभावकहरुलाई अपिल गर्नुभएको छ ।

फुहरुले योग्य,सक्षम र अनुभवी उमेदवारहरुलाई अघि सारेको उहाले बताउनुभयो । सकेसम्म सहमती जुटओस भन्ने हाम्रो चाहाना थियो,उहाले भन्नुभयो तर त्यसो हुन नसकेपछि हामीले कांग्रेसका साथीहरु संग सल्लाह गरेर हाम्रा उमेदवारलाई अघि सारेका छौ ।

साथै उहाले आफना उमेदवारहरुले विजयी हासील गर्ने दावी गर्नुभएको छ । यस्तै कांग्रेस नेता सोभाराम बुढाथोकीले उमेदवारहरु सक्षम र योग्य भएकाले सहजै विजयी हासील गर्ने दावी गर्नुभएको छ ।

उहाँले आफना उमेदवारहरु अमुल्य भोट दिएर विजयी गराउन अभिभावक मतदाताहरुलाई अपिल गर्नुभएको छ ।समितिको पदाधिकारी चयन सहमतीमा हुन नसकेपछि भोली शनिवार निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा दुई समुह चुनावी मैदानमा होमिएको छ । दुई जना महिला सहित चार सदस्यका लागी कलसिङ रावतको समूह र रेमन्त बहादुर घर्ति,चेत प्रसाद भुषाल,जानकी वुढा र प्रदेशनी चौधरीको समूह चुनावमा होमीएका छन ।

दुई समुहले प्यानल बनाएर चुनावमा होमिएको समितिले जानकारी दिएको छ । विद्यालयमा तिन सय मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार