२०८० फाल्गुन १७ गते बिहिवार

तुलसीपुर उपमहानगरपालीकाले दियो अट्वारीको सार्वजनिक बिदा



तुलसीपुर, २९ भदौ । दाङको तुलसीपुर उपमहानगरपालीकाले आउँदो आइतबार सार्वजनिक बिदा दिएको छ ।उपमहानगरले थारु समुदायको बड्का अट्वारीको अवसरमा तुलसीपुर उपमहानगरपालीका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिने भएको हो ।

भदौ ३१ गते पर्ने अट्वारीको दिन तुलसीपुर उपमहानगरपालीका र मातहतका कार्यालयमा विदा दिने निर्णय गरेको हो । तुलसीपुर उपमहानगरपालीकाले एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिएको हो ।

थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् ।भदौ २९ गतेको निर्णय अनुसार विदा दिएको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर के.सीले जारि गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार