२०८१ चैत्र ४ गते सोमवार

जनश्रम मावि खाद्रेको विव्यस निर्वाचनमा कलसिं रावतको प्यानल बिजयी



दाङ, ३० भदौ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको जनश्रम माध्यमिक विद्यालय खाद्रेमा विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।

शनिबार भएको निर्वाचनमा कलसिंह रावत १ सय १४ मतका साथ विजयी हुनुभएको छ । त्यस्तै बमबहादुर खड्का(दिपक) १ सय १६ मतका साथ विजयी हुनुभएको छ । त्यस्तै यशोदा वली १ सय १२ मतका साथ विजयी हुनु्भएको छ । त्यसैगरि राधा घर्तीले १ सय ११ मत प्राप्त गरि विजयी हुनुभएको हो । विजयी हुने सदस्यहरुलाई नेपाली काङ्ग्रेस र नेकपा एमालेको समर्थन रहेको थियो ।

त्यस्तै रेमन्तबहादुर घर्तीले ९०, चेतप्रसाद भुषाल ९०, जानकी बुढा ९१ र प्रदेशनि चौधरीले ९३ मत प्राप्त गर्नुभएको हो । पराजीत सदस्यहरुलाई नेकपा माओवादी केन्द«,नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

कुल दुईसय ९८ मतदातामध्ये दुईसय १६ मत खसेको र ४ म तबदर भएको निर्वाचन समितिका संयोजक माधव भट्राईले जानकारी दिनुभएको हो । आकांक्षी धेरै भएको र सहमती जुट्न नसकेपछि निर्वाचन भएको हो । अब निर्वाचित सदस्यबाट एक जना अध्यक्षमा चयन हुने प्रक्रिया छ ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार