२०८१ माघ १२ गते शनिवार

जितपुर टोलमा सरसफाई



तुलसीपुर, ३० भदौ ।
तुलसीपुर,७ को एक टोलमा सरसफाई गरिएको छ । तुलसीपुर,७ जितपुरमा रहेको जितपुर टोल विकास संस्थामा आज(शनिवार) सरसफाई गरिएको हो ।

आफ्नो गाउँ स्वच्छ राख्न तथा नजिकिएका चाडपर्वलाई लक्षित गरेर टोलमा सरसफाई गरिएको संस्थाका उपाध्यक्ष विराट आचार्यले बताउनुभयो।

त्यस्तै टोललाई सफा राख्न नियमित रुपमा सरसफाई गर्दै आएको संस्थाका सचिव कृष्णा शर्माले बताउनुभयो । उहाँले टोलको साथसाथै व्यक्तिगत सरसफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभएको हो ।

सरसफाई कार्याक्रममा बोल्ने सहभागीहरुले टोल सरसफाईमा सवैले ध्यान दिनुपर्ने धारणा राखेका थिए । टोलको सरसफाई नै पहिचानको विषय रहेको भन्दै घर,आँगन र बाटो वरपर सँधै सफा राख्नुपर्ने बताएका हुन । फोहोरलाई सहि तरीकाले व्यबस्थापन गर्ननसक्दा बातावरणीय प्रदुषण समेत बढ्न सक्नेतर्फ सचेत रहनुपर्ने सहभागी सदस्यहरुले बताएका छन

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा समाजसेवी उपेन्द« पौडेल,नरेश पौडेल,श्रीधर पौडेल,नारायण पोखरेल,शारदा चौधरी,कमल आचार्य लगाएतले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष राजकुमार आत्रेयको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण तिर्थराज शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार