२०८१ असार ४ गते मङ्गलवार

सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ



दाङ,४ असोज ।
सामूहिक बलात्कारको आरोपमा डडेलधुरामा चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरू भागेश्वर गाउँपालिका३ का हुन्। घटना अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ पर्नेको नाम गोप्य राखेको छ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराले आज दिउँसो ३ बजे घटनाका सम्बन्धमा जानकारी गराउने बताएको छ।सेतोपाटीमा खवर छ ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार