तुलसीपुर, ४ असोज ।
तुलसीपुरका युवा व्यवसायी राजेन्द्र महताराले फेरि अर्को व्यवसाय संचालनमा ल्याउनुभएको छ । महताराले नेपाली खानाको प्रवद्र्धनका लागि ‘नेपाली चुलो’ व्यवसाय संचालमा ल्याउनु भएको हो ।
तुलसीपुर स्थित द पार्क क्याफे संचालन गरिरहेका युवा व्यवसायी महताराले क्याफे परिसरमै करिब ३० लाखको लागतमा ‘नेपाली चुलो’ संचालनमा ल्याउनुभएको हो । नेपाली चुलोको बिहिबार उद्घाटन गरिएको हो ।
नेपाली चुलोमा शुद्ध नेपाली खाना पाइने सञ्चालक राजेन्द्र महताराले जानकारी दिनुभयो । नेपाली चुलोमा नेपाली खाना भेज थाली सेट, चिकेन थाली सेट, मटन थाली सेट लगायतका परिकार पाइने सञ्चालक महताराले बताउनुभयो ।
उहाँका अनुसार नेपाली चुलोमा पाकेका तरकारीहरुमा सिलौटामा पिसेको मसला प्रयोग गर्नुका साथै सिलौटामै पिसेको अचार पाइने छ । विदेशमा लामो समयको अनुभवपछि नेपालमै व्यवसाय संचालन गरेका महताराले एकपछि अर्को व्यवसाय संचालन गर्दै आउनुभएको छ । ‘रोजगारीका लागि विदेश जानुपर्छ भन्ने छैन्, नेपालमै गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो(‘हामी विदेशमा जस्तोसुकै काम गर्न सकिन्छ भन्ने मानसिकता बोक्छौँ, तर नेपालमा त्यस किसिमले रोजगारी गर्दैनौँ ।’
ठुलो रकम खर्च गरेर विदेश जानुभन्दा स्वदेशमा अरुलाई पनि रोजगारी दिने गरी व्यवसाय संचालन गर्न पाउँदा निकै खुशी लाग्ने बताउनुभयो । नेपाली चुलोमा मात्रै ७ जनालाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गरिएको उहाँको भनाई छ । नेपालमा पछिल्लो समय होटेल व्यवसायमा पनि जनशक्ति पाउन निकै समस्या रहेको उहाँले बताउनुभयो ।