२०८१ माघ १२ गते शनिवार

खुकुरी प्रहारबाट तुलसीपुरमा एकजना घाइते



दाङ, ५ असोज ।
दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर १३ बखरियाका ३४ वर्षीय रणदेब बस्नेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।

तुलसीपुर १० राइखल्यानका २८ वर्षीय राममणी चौधरीले सामान्य बिबादमा बस्नेत माथि खुकुरी प्रहार गरेका हुन् । गएराती करिब १२ बजे तुलसीपुर ५ बसपार्कको हिमालय होटल नजिकै दुबै जनाले मादक पर्दाथ सेवन गरि झगडा गर्दा चौधरीले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरीले बस्नेतको दाइने हातमा चोट लागेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गएराती नै कोहोलपुर मेडिकल कलेज रिफर गरिएको छ । कुटपिट गर्ने चौधरीलाई खुकुरीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार