
दाङ, ६ असोज ।
शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाकोे आज शनिबार साधारणसभा भएको छ । तुलसीपुर ७ बोकटिमा रहेको सहकारी संस्थाले आज २० औं वार्षिक साधारणसभा गरेको हो ।
संस्थाका अध्यक्ष ऋषिराज पोखरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ७ का अध्यक्ष राम बहादुर जीसीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सहकारी बैंक तुलसीपुर शाखाका प्रतिनिधि मनोज रिजालको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।
प्रमुख अतिथि जीसीले सहकारी संस्था सहकारी ऐन नियम अनुसार संञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले निजी स्वार्थको लागि नभई संस्थाका मालिक शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । शेयर सदस्य आत्मनिर्भर भए मात्रै संस्था बलियो हुने भन्दै सदस्यले संस्थाको बारेमा निरन्तर जानकारी लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी रिजालले बार्षिक साधारणसभाले संस्थाले गरेको प्रगति र आगामी योजनाको दिशा निर्देश गर्ने भएकाले नितिगत सुधारका लागि विशेष दिनमा सक्रिय सहभागिता हुनुपर्ने बताउनुभयो । उहाँले संस्थागत विकासका लागि संचालक समितिसंगै शेयर सदस्यहरु पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।
संस्थाका सल्लाहाकार प्रेमप्रसाद खनालले समयसापेक्ष परिवर्तन गर्नुपर्ने, प्रचलित सहकारी कानुन बमोजिम विधान संशोधन गर्नुपर्ने बताउनुभयो । बहुउद्देश्यीय सहकारी संस्था रहेता पनि संस्थाको विधानमा कृर्षि कार्य मात्र गर्ने उल्लेख रहेकोमा यसवर्षको साधारणसभा बाट विधान संशोधन गरी संस्थाको प्रकृति अनुसार अन्य कार्यहरु संचालन गर्ने साधारणसभाले पास गरेको छ । कार्यक्रममा सल्लाहाकार इश्वरी प्रसाद पौडेल, संस्थापक सदस्य फनिन्द्र कुमार भटराई लगाएतकाले शुभकामना मन्तव्य राख्नुभएको हो ।
संस्थाको वार्षिक प्रतिवेदन संचालक सदस्य मोहनप्रसाद कडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष पदम प्रसाद रिजाल र लेखा प्रतिवेदन लेखा समितिका संयोजक श्रवण कुमार आचार्यले प्रस्तुत गर्नु भएको हो ।
संस्थाले साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको छ । जेष्ठ नागरिक सम्मानमा शान्ता कुमारी धिताल, मान कुमारी अर्याल, कमला भण्डारी, जीत बहादुर राना, गोकुल प्रसाद उपाध्याय र नारायण कुमार आचार्यलाई सम्मान गरेको हो । यस्तै असल बचतकर्तामा दिवाकर केसी र दिलमाया नेपालीलाई सम्मान गरेको छ ।
यसैबिच संस्थाको रित्त रहेको तिन वटा पदमा पदपूर्ति गरेको छ । सचिवमा तारा अधिकारी, सदस्यमा झविलाल पोखरेल र बालिका न्यौपाने पौडेललाई चयन गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
कोषाध्यक्ष पदम प्रसाद रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण माधवा रेग्मि केसी र अरुण कुमार आचार्यले गर्नुभएको हो ।