२०८० फाल्गुन १३ गते आइतवार

शेयर बजार झन्डै ६ अङ्कले घट्यो



दाङ,८ असोज ।
शेयर बजार आज पनि घटेको छ । हिजो १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ८९ अङ्कले घटेर २ हजार ४ दशमलव ४५ विन्दुमा झरेको छ । आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ ।

आज ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ७ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार