काठमान्डौँ,१० असोज ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओ आज (बुधबार) बाँडफाँट भएको छ। एनआइसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६२ हजार ११७ जना आवेदकले १० कित्ताका शेयर पाएका छन्।
कम्पनीको आईपीओमा कुल १२ लाख ८२ हजार ८१९ जनाको आवेदन सदर भएकोमा १२ लाख २० हजार ७०२ जना आवेदकको हात खाली भएको छ।
१० कित्ताका दरले बाँडेर बाँकी रहेको २ कित्ता शेयर भने दुई जना आवेदकलाई गोलाप्रथाबाट एक एक कित्ता थप गरी ११ कित्ता शेयर बाँडफाँट गरिएको छ। कम्पनीको आईपीओमा मागभन्दा २२.५५ गुणा बढी आवेदन परेको थियो।
प्रकाशित मिति : २०८० असोज १० गते बुधवार