दाङ, १० असोज । दाङमा नौ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका–१४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक पक्राउ परेका हुन् । उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
बालिकाका परिवारले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज १० गते बुधवार