२०८१ बैशाख ५ गते बुधवार

डेंगी सङ्क्रमणबाट रोल्पाका एक जनाको दाङमा मृत्यु



दाङ, १५ असोज ।
दाङमा डेंगी सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रोल्पाको माडी गाउँपालिका-२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो ।

डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि लगिएको थियो । उहाँकोे उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईको भनाइ छ । डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आउनुभएको थियो ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार