२०८१ माघ १२ गते शनिवार

भिटामिन ए’ कात्तिक १७ र १८ गते खुवाइने



दाङ, १९ असोज ।
हरेक वर्ष सञ्चालन गरिने राष्ट्रिय भिटामिन ए कार्यक्रम यस वर्ष कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ । यसअघि नियमित रुपमा कात्तिक २ र ३ गते खुवाइँदै आएको कार्यक्रम यसपटक दशैं परेकाले सरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाख महिनामा गर्ने गरिएको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ ।।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार