२०८१ मङ्सिर २४ गते सोमवार

बिजौरीलाई व्यापारीक केन्द बनाउने योजनामा छौ : अध्यक्ष खड्का



बिजौरी, २९ असोज ।
दाङको बिजौरी बजारलाई व्यापारीक केन्द«का रुपमा विकास गर्ने लक्ष्यका साथ अघि वढेको बिजौरी उद्योग वाणिज्य संघका अध्यष रेश्मीराज खड्काले वताउनुभएको छ।

बिजया दशमी तथा दिपावलीको अवसरमा संघले सोमबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष खड्काले बजारलाई चलायमान बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले आर्थिक मन्दीको प्रभावमा व्यवसायी परेको बताउनुभयो । आर्थिक मन्दीका कारण संघमा आवद्ध करिब ४० प्रतिशत व्यवसायी विस्थापित भएको उहाँको भनाई छ । उहाँले बैंकले कर्जामा व्याजदर बढाउँदा व्यवसायी मारमा परेको बताउनुभयो ।

‘बैंकको व्याजदर ८ बाट १५ प्रतिशतसम्म पुगेको छ ।’ उहाँले भन्नुभयोे(‘ब्याजदर उकालो लाग्दा व्यवसायी व्यवस्थापित हुने गरेका छन् ।’
विजोरीलाई सुरक्षीत बनाउन सिसि क्यामरा र सडक बत्ति जडान गरिने भएको छ । बजारलाई सुरक्षित बनाउनका लागि तत्काल सिसी क्यामरा र सडक बत्ति जडान गर्ने योजनामा रहेको बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले बताउनुभयो । उहाँले सिसी क्यामरा जडानका लागि पहल भइरहेको बताउनुभयो ।

बिजौरी बजारलाई सुरक्षित बनाउन अहिले पनि रातीमा चौकीदार राखिएको भन्दै आगामी दिनमा बजारलाई थप व्यवस्थि बनाउन सिसि क्यामरा जडान गरिने अध्यक्ष खड्काले बताउनुभयो ।

कार्यक्रममा संघका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष मुकेश वलीले बिजोरी बजारलाई जोड्ने सडकखण्ड अन्तर्गत रानीवासमा पुल नहुँदा समस्या रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण महासचिव दिपक कुमार बस्नेतले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार