२०८१ साउन ८ गते बुधवार

लाइन्स क्लब अफ तुलसीपुर इशानको खाद्यान्न सहयोग



दाङ, ३० असोज ।
लाइन्स क्लब अफ तुलसीपुर इशानले खाद्यान्न सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका  भित्रका निम्न वर्गिय ३१ घरपरिवारलाई दाल, चामल, तेल ,पिठो,नुन लगायत खाद्यान्न सहयोग गरिएको क्लबका अध्यक्ष ऋषिराज भण्डारीले जानकारी दिनुभयो ।

चाडपर्वको समयमा खानको लागि कसैलाई पनि समस्या नहोस् भन्नका लागि खाद्य समाग्री सहयोग गरेको उहाँले बताउनुभयो । इशानले आज २५ केजी चामल, ५ केजी आटा, २ केजी दाल, २ लिटर तेल र २ प्याकेट नुन प्रति व्यक्ती वितरण गरेको हो ।

जसमा चित्र भण्डारी, दिलबहादुर विक, खुमा विक, केशकुमारी विक, श्याम चौधरी, कालो सार्की, लहरमान बुढा, टिकाराम ओझा, रुन्ची कुमाल, सुनिता कुमाल, पवित्रा परियार, कमारो परियार, शान्ता परियार दिर्घे कामी, अर्चाना चौधरीलाई वितरण गरिएको हो ।

यसैगरी सितली नेपाली, मैसरी गुरुङ, थुमी बिक, देवबहादुर विक, मोतीलाल चौधरी, मोहनलाल विक, चन्द्रलाल विक, प्रेमकुमारी विक, अषने नेपाली, टेके नेपाली, दिपक बाठा, सर्वजित थापा, कर्णबहादुर पुन, विमम गुरुङ, अमरबहादुर बुढा र उमा घर्ति मगरलाई वितरण गरिएको हो ।

त्यस अबसरमा तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले यूवाहरुले समाजमा गरेका यस्ता कामले सकारात्मक सन्देश दिने बताउनुभयो । समाजमा धनि गरिब जो मानिस पनि हुने भन्दै आपसमा मिलेर सुख दुख साटासाट गरेर बस्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लव अफ तुलसीपुरका संस्थापक अध्यक्ष तथा लायन्स कल्व ईन्टरनेशनल ३२५ एन का रिजन चेयरपर्सन बुद्ध प्रकाश सिंह तथा सहयोग हस्तान्तरण कार्यक्रम संयोजक प्रथम उपाध्यक्ष रमेश रेग्मीले सवै नेपालीलाई खुशी बाड्न चाडपर्वको अवसर पारेर खाद्यान्न सामाग्री सहयोग गरएिको वताउनुभयो ।

लायन्स क्लब अफ इशानका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता तथा  प्रथम भाइस गभर्नर बिनोदकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एंव तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रमको सहजिकरण सचिव दिपक केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार