२०८१ असार ४ गते मङ्गलवार

भिजन लुम्बिनी उर्जाको आईपीओ कार्तिक १६ गतेदेखि



kk

दाङ,२ कार्तीक ।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कार्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा कार्तिक २० गते हुनेछ भने ढिलोमा मंसिर १ गते हुनेछ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार