२०८० मङ्सिर १८ गते सोमवार

एकै घरका चारजना दृष्टिबिहिनलाई सहयोग



दाङ,५ कार्तिक ।
एकै घरपरिवारका चार जना दृष्टिबिहिन परिवारलाई सदाका बर्षहरुझै यो पटक पनि खाधान्न र नगद रकम हस्तान्तरण गरिएको छ ।
रिपोर्टस क्लब दाङको समन्वयमा बडा दशैको अबसरमा समेत दृष्टिबिहिन गणेश र आमा रुपा गन्दर्भको घरमै पुगेर सहयोग रकम र खाधान्न हस्तान्त्रण गरियको हो ।

तुलसीपुर उधोग बाणिज्य सघका पुर्ब अध्यक्ष बिमल रिजाल,रोटरि क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष पवन योगि,ज्ञानज्योति फाउण्डेसनका सिओ सुरेन्द्र जिसि,नबिल बैक तुलसीपुरका प्रबन्धक सुधिर भण्डारि,तुलसीपुर उद्योग बणिज्य संघका महासचिब बिनिल केसि,कोषाध्यक्ष देवबहादुर केसि,ब्यबसायि दुर्गा बहादुर खडका,पत्रकार बालाराम खडका लगायत गन्दर्भ परिवारको घरमै पुगेर खाधान्न सहित आर्थिक रकम समेत सहयोग गर्नुभएको थियो ।

रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको बिगत ११ बर्ष देखि निरन्तर दशैको अबससरमा आफुहरुलाई सहयोग गर्ने गरेको भन्दै सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरेका थिय ।
दृष्टिबिहिन गणेश गन्दर्भले यसरि घरमै आएर,खाधान्न सहित हातमा नगद रकम पाएपछि दशै आएको अनुभुति गरेको भन्दै खुसिले प्रफुल्ल भएर दशै बिशेष गित समेत प्रस्तुत गरेका थिय ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार