२०८१ असोज २७ गते आइतवार

सुनको भाउ अहीलेसम्मकै उच्च



दाङ,१२ कार्तीक

सुनको भाउले दिनानुदिन नयाँ रेकर्ड बनाइरहेको छ । सोहि क्रममा आइतबार पनि सुनको भाउले ऐतिहासिक उचाई कायम रहेको हो । कात्तिक १२ गते, छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सामान्यतया, शनिबार सुनको भाउ नतोकिए पनि हिजो भने सुनको भाउ उच्च विन्दुमा पुग्दा सुनको भाउ तोकिएको थियो । हिजो सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको थियो । अन्तरराष्ट्रिय बजारमा शनिबार सुनको भाउ बढेको भएर नेपाली बजारमा पनि सुन महंगिएको थियो।

साताको पहिलो दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलामा १५ रुपैयाँले बढोत्तरी भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार