२०८१ जेष्ठ ९ गते बुधवार

प्रधानाध्यापक सर्राफको हत्या आरोपमा एक युवती सहित ६ जना पक्राउ



बारा,१४ कर्तीक ।
बारामा शिक्षक रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले अहिलेसम्म छ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यो घटनामा अन्य थप दुई जनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अहिले १० जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिजो सोमवार दिउँसो मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सराफमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका सर्राफको उपचारका क्रममा वीरगञ्जको बयोधा अस्पतालमा ज्यान गएको थियो ।

प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गएको साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल हुनुभएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार