२०८० फाल्गुन १३ गते आइतवार

आगलागी पिडित गणपतिका संचालकलाई ८० लाखको बिमा दावि भुक्तानी



दाङ, १७ कार्तिक ।
आगलागीबाट क्षति पुगेको गणपति तेल मिलका संचालकलाई बिमा दावि भुक्तानी गरिएको छ ।

एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार मिलका संचालक डिल्ली बहादुर बस्नेतलाई बिमा वाफतको ८० लाख भुक्तानी गरेको हो ।

मिलका संचालक बस्नेतलाई एनएलजि इन्स्योरेन्स कम्पनीका कर्पोरेट मार्केटिङ प्रमुख बुद्ध प्रकाश सिंहले बिमा वाफतको ८० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

प्रमुख सिंहले मिलको बिमा भएकै कारण केहि भएपनि लगानी सुरक्षित भएको बताउनुभयो ।आगलागीबाट भएको क्षति भएको दुई महिनामै बिमा दावि भुक्तानी गरिएको सिंहले बताउनुभयाे ।

तुलसीपुर-६ स्थित गणपति तेल मिलमा गत भदौ १६ गते राती विद्युत सर्ट भएर आगलागी भएको थियाे ।

हस्तान्तरण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्क तुलसीपुर शाखा प्रबन्धक बिनोद पाण्डेको पनि उपस्थिति रहेको थियो ।कार्यक्रमकाे सहजिकरण एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख सुरेस बस्नेतले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार