दाङ,१८ कार्तिक ।
जाजरकोट केन्द्रबिन्दु बनाएर गएराती गएकाे ६ दशमलव ४रेक्टर स्केलकाे भुकम्पमा परी शनिवार बिहान १०:३० सम्म १ सय ३३ जनाकाे मृत्यु भएकाे छ ।
भुकम्पमा १ सय ४० जना घाईते रहेकाे नेपाल प्रहरीले जनाएकाे छ। अहिले सबै क्षेत्रबाट उद्धार र उपचारकाे प्रयास जारी छ । उपचारका लागि दाङकाे तुलसीपुरमा रहेकाे
राप्ती लाइफ केयर हस्पिटलबाट अस्पतालका अध्यक्ष हरीप्रसाद रिजालकाे नेतृत्वमा स्वास्थ्यकर्मी सहितकाे टाेली जाजरकाेट प्रस्थान गरेकाे छ ।
टाेलीमा हार्डजाेर्नी तथा नशा राेग विशेषज्ञ डाक्टर निवास शर्मा सहित ७ जनाकाे स्वास्थ्यकर्मीकाे टाेली जाजरकोट प्रस्थान गरेकाे अस्पतालका निर्देशक जीवन भण्डारीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार