दाङ, २३ कार्तिक । तुलसीपुर उपमहानगरपालिकामा गरिब परिवार पहिचानका लागि तथ्याङ्क संकलन गर्न आज(बिहिवार) देखी सुरु गरेको छ । उपमहानगरभित्र बसोबास गरिरहेका गरिब परिवारलाई परिचयपत्र वितरण गर्नका लागि गणकहरु उपमहानगरका १९ वटै भित्रका प्रत्येक घरमा पुगेर पारिवारिक विवरण संकलन गर्ने छन् ।
भुमि ब्यबस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाले ३२ गणक र ४ जना सुपरिबेक्षकलाई आजदेखि घरदैलोमा खटाएको हो । खटिएका गणक तथा सुपरिबेक्षकलाई आबश्यक समन्वय गर्न उपमहानगरका सुचना अधिकारी बाबुराम न्यौपानेलाई सम्पर्क व्यक्ति तोकिएको छ
खटाईएका गणकले घरदैलो अभियान मार्फत गरिब घरपरिवारको तथ्याङ्क संकलन गर्ने भएका छन् । बिहिबारदेखि खटिएका गणकले ४ महिनाभित्र सम्पुणर् तथ्याङ्क संकलन गरिसक्नुपर्ने छ । संकलन गरिने तथ्याङ्कमा व्यक्तिगत, पारिवारिक तथा सम्पुणर् परिवारको आर्थिक अबस्थाका बारेमा लगत संकलन गरिने छ ।
तथ्याङ्क संकलन पश्चात तथ्याङ्कमाथि बिश्लेषण गरेर सुचि तयार पारिने छ । सूचि तयार पारेसँगै दाबी बिरोध तथा सुचिमाथि उजुरी दिनका लागि सम्बन्धित वडा कार्यालयमा सूचना टास गरिने छ ।
सुचिमा प्रकाशित सम्बन्धित नामावालीमा कुनै दाबी बिरोध नपरेमा त्यस्ता ब्यक्तिलाई पहिचानका लागि राज्य सुबिधा परिचय पत्र वितरण गर्ने सम्पर्क व्यक्ति न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तो परिचय प्राप्त गर्ने व्यक्तिलाई राज्यले प्रदान गर्ने सेवा सुबिधामा प्राथकितामा दिनुका साथै स्वास्थ्य जाँचमा विभिन्न सुविधा प्राप्त गर्ने छन् । त्यस्तै कुनै घातक रोग लागेमा मासिक ५ हजारसम्म उपचार बापत रकम प्राप्त गर्न सक्ने छन् । त्यसैले राज्यले तथ्याङ्क संकलन गर्न घरघरमा खटाएका गणकलाई सत्यतथ्य विवरण उपलब्ध गराउन पनि उहाँले सबैमा आग्रह गर्नुभएको हो ।