तुलसीपुर, २६ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित श्री गणेश सामुदायिक वन उपभोक्ता समुहको ननिर्वाचनमा शनिवार राती सम्पन्न मतगणनावाट अध्यक्षमा बामदेव भण्डारी विजयी भएका छन ।
भण्डारीले १ सय ९५ मत ल्याएर विजयी हुनुभएको हो । उनलाई नेकपा माओवादी, नेपाल समाजवादी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पाटीको समर्थन रहेको थियो । विजयी भण्डारीका निकटतम प्रतिद्वन्दी यमलाल पराजुलीले १ सय ९४ मत प्राप्त गरेका थिए । मतमन्तर १ रहेको छ । पराजुलीलाई नेपाली काङग्रेस,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पाटीका् समर्थन रहेको थियो ।
यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादी, नेपाल समाजवादी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीबाट समर्थनमा रहेका उम्मेद्वारा विजय सुवेदी १ सय ८७ मत ल्याएर विजयी भएका छन । विजयी सुवेदीका निकटतम प्रतिद्वन्दी कुल प्रसाद कालाथोकीले १ सय ८३ मत प्राप्त गरेका थिए । मतान्तर ४ रहेको छ । कालाथोकीलाई नेपाली काङग्रेस,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पाटीका् समर्थन रहेको थियो ।
यस्तै सचिवमा माया रिजाल २ सय २० मत ल्याएर विजयी भएकी छन । उनलाई नेपाली काङग्रेस,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पाटी समर्थन रहेको थियो । रिजालका निकटतम प्रतिद्वन्दी दुर्गा शर्मा वलीले १ सय ३३ मत प्राप्त गरेकी छन । मतान्तर ८७ रहेको छ । वलीलाई नेकपा माओवादी, नेपाल समाजवादी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी दलको समर्थन रहेको थियो ।
यस्तै सदस्यहरुमा नेपाली काङग्रेस,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पाटीको समर्थनमा उम्मेद्वार रहेका ८ जना सदस्यमा विजयी भएका छन । यस्तै सदस्यमा लोक प्रसाद भण्डारीले २५२, तिलकराम भण्डारी २४० , मोहन वलीले २३१, शर्मिला नेपालीले २२५ , हरिकला कठायतले २१६, जाल्पादेवी दमाईले १९९, कमला भट्टराई १९२ र बसन्ता पुनले १८० मत ल्याएर विजयी भएका हुन ।
अध्यक्ष, उपाध्यक्ष, सचीव र जना सदस्य गरि जम्मा ११ ओटा पदका लागि निर्वाचन भएको थियो । बन समुहको सहसचिव गिरीराज भण्डारी र कोषाध्यक्षमा डण्डपानी मल्ल भने यसअघि नै निर्विरोध भइसक्नुभएको छ ।
यस अघि लिलाधर विकको अध्यक्षतामा २ वर्षका लागि निर्वाचित कार्यसमिति पुरा कार्यकाल नसकिदै १० महिनामै विघटन भएपछि वनको नयाँ कार्यसमितिको लागि पुन: निर्वाचन भएको थियो ।