२०८१ असोज १९ गते शनिवार

महोत्तरीमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो डाँका आरोपीलाई



धनुषा, २९ कात्तिक ।

महोत्तरी प्रहरीले भाग्न खोजेका डाँका आरोपीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। रौतहटबाट पक्राउ परेका डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए।

उनका अनुसार महोत्तरीको सोनमा गाउँपालिका—५ स्थित अर्को गाडीमा राख्न खोज्दा दुबै जना भाग्न लागेको र राति १० बजे प्रहरीले गोली प्रहार गरी दुबै जनालाई नियन्त्रणमा लिनुपरेको हो।

गत कात्तिक २० गते राति साढे दुई बजे जलेश्वर नगरपालिका—८ स्थित रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा शक्ति र अजय लगायतले ७र८ जना मिलेर डकैती गरेका थिए। हातहतियारसहित घरमा प्रवेश गरेर डाँका समूहले भुवनेश्वरका परिवारका सदस्यहरूलाई कुटपिट गरेर घाइते बनाएका थिए। उनीहरूले भुवनेश्वरको घरमा रहेको ४० तोला सुुनको गहना, ४५ तोलाको चाँदीको गहना, आइफोन एकथान र १ लाख ७५ हजार रुपैयाँ लुटेर फररा भएका थिए।

घटनामा संलग्न अभियुक्तहरू रौटहटको गरुडा क्षेत्रमा रहेको विशेष सुराकबाट प्रहरीले जानकारी पाएको थियो। तल्कालै जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक रामेश्वरप्रसाद यादवकोे कमाण्डमा खटिएको टोली रौतहटको गरुडा नगरपालिका पुगेको थियो। दुबै अभियुक्तलाई वडा नं ४ स्थित पानी ट्याङकीबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

ीबहmष् दबलप
शक्तिको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसमेत बरामद भएको थियो। शक्ति पाशवान त्यसभेगमा शक्ति कपुरको नामबाट कुख्यात रहेको प्रहरीले बताएको छ।

दुबै जनालाई नियन्त्रणमा लिई प्रहरी महोत्तरीतर्फ आउदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी अचानक बिग्रिन पुगेको बताइएको छ।

महोत्तरीबाट अर्को गाडी मगाएर डाँका आरोपीलाई हाल्न खोज्दा दुबै जना भाग्न खोजेकोे र नियन्त्रणमा लिन गोली चलाउन परेको डिएसपी गिरीले बताए।

उनका अनुसार प्रहरीको गोली शक्ति र अजयको बायाँ खुट्टाको तिघ्रामा लागेको थियो। अहिले दुबै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ। घटनबारे थप अनुसन्धान र बाँकी अभियुक्तहरूको खोजी कार्य जारी रहेको डिएसपी गिरीले बताए। सेतोपाटी अनलाइनमा खवर छ ।

प्रकाशित मिति : २०८० कार्तिक २९ गते बुधवार