२०८१ असोज १९ गते शनिवार

तिहारमा बिक्री नभएका सयपत्री तुलसीपुर ११ ले खरिद गर्ने



दाङ, ३ मंसिर ।
व्यावसायीक रुपमा पुष्पखेति गरेका किसानहरुको बिक्रि नभएको पुष्प वडाले खरिद गर्ने भएको छ । तिहारमा बिक्री नभएका पुष्प चलन चल्तीकै मूल्यमा तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ११ ले खरिद गर्ने जनाएको छ।

व्यावसायीक रुपमा पुष्प खेति गरेपनि यसपालिको तिहारमा पुष्प बिक्रि नभएर निराश भएका किसानहरुकालागि क्षतिपूर्ति स्वरुप पुष्प खरिद गर्ने निणर्य गरिएको वडा अध्यक्ष मान बहादुर रावतले बताउनुभयो । तुलसीपुर ११ का विभिन्न स्थानमा पुष्प खेति गरेर पुष्प बिक्रि नभएका व्यवसायीहरुलाई प्रोत्साहन गर्न यस्तो निणर्य गरिएको रावतले बताउनुभयो ।

वडाभित्र पुष्प व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले क्षतिपूर्तिको लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने छ । व्यवसाय गरेको पुष्पखेति र बिक्रि नभएको पुष्पको परिमाणको विवरण खुलाई वडामा निवेदन पेशगरी क्षतिपूर्ति लिन सकिने छ । वडाले निवेदनका आधारमा किसानलाई चलनचल्तीको मूल्यमा क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ।

यसरी किसानबाट खरिद गरिएको पुष्पहरुलाई वडा भित्र सञ्चालन हुने विभिन्न कार्यक्रमहरुमा प्रयोग गरिने र बचेका पुष्पलाई वडाका विभिन्न स्थानमा सजावटका लागि प्रयोग गरिने अध्यक्ष रावतले बताउनुभयो ।

पुष्प व्यवसायीहरुलाई स्वदेशमै पुष्प व्यावसयायमा आत्मनिर्भर बनाई कृर्षि क्षेत्रको विकासका लागि वडा सरकार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । वडाको यो निणर्यले पुष्प व्यवसायी खुशी भएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार