२०८१ चैत्र ३ गते आइतवार

राजपुर गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालन



लमही, ६ मंसिर ।
दाङको राजपुर गाउँपालिकामा एकिकृत आँखा उपचार केन्द्र संचालनमा आएको छ । नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर –२ को पवित्रनगर बेलामा एकिकृत आँखा उपचार केन्द्र संचालनमा आएको हो ।

राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले जनतालाई घर आगनमै आँखा स्वास्थ्य सेवा दिनका लागि साझेदारीमा एकिकृत आँखा उपचार केन्द्र सञ्चालन गरेको बताउनुभयो ।

नगरिकले अब आँखाको आधारभुक्त स्वास्थ्य सेवा पालिकामै पाउने उहाँले बताउनुभयो । पालिकामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने उहाँको भनाई छ ।

नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काले पालिका संग साझेदारीमा विभिन्न कार्यक्रमहरु गरिरहेको र साझेदारीमा उपचार केन्द्र सञ्चालन गरेको बताउनुभयो । उहाँले यसको सम्पूर्ण दायित्व पालिकाले लिनुपर्ने बताउनुभयो ।।

प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार