
दाङ, ९ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको श्रीगणेश सामुदायिक बन उपभोक्ता समुहका नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । गत कार्तिक २५ गते भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीले शनिबार ९आज० पदभार ग्रहण गरेका हुन् ।
निर्वाचन समितिका संयोजक लोकमणी पोखरेलले नव निर्वाचित अध्यक्ष बामदेव भण्डारीलाई र अध्यक्ष भण्डारीले अन्य पदाधिकारीलाई पदभार ग्रहण गराउनुभएको हो ।
निर्वाचन समितिका संयोजक लोकमणी पोखरेलको अध्यक्षता तथा तुलसीपुर(७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा पदभार ग्रहण तथा प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा वडा अध्यक्ष जिसीले नयाँ पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नीति र विधिमा रहेर काम हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राप्ती शान्ति उद्यानका संस्थापक अध्यक्ष हरि रिजाल, नेकपा एमालेका युवराज पौडेल, राष्ट्रिय जनमोर्चाका जनक भण्डारी लगायतले नयाँ नेतृत्वले बन समुह र पार्कको लागि पारदर्शी ढंगले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य इन्दिरा शर्माले गर्नुभएको हो ।
गत कार्तिक २५ गते भएको निर्वाचनमा अध्यक्षमा बामदेव भण्डारी, उपाध्यक्षमा बिजय सुवेदी, सचिवमा माया रिजाल निर्वाचित हुनुभएको हो । यस्तै सदस्यमा सदस्यमा लोक प्रसाद भण्डारी, तिलकराम भण्डारी, मोहन वली, शर्मिला नेपाली, हरिकला कठायत, जाल्पादेवी दमाई, कमला भट्टराई र बसन्ता पुन निर्वाचित हुनुभएको हो । बन समुहको सहसचिव गिरीराज भण्डारी र कोषाध्यक्षमा डण्डपानी मल्ल भने निर्विरोध हुनुभएको हो ।