
दाङ,११ मंसिर ।
दाङ र सल्यान को सिमानामा रहेकाे सुकिदहमा अहिलेसम्मकै अग्लाे शिबलिङ्ग निर्माण भएकाे छ ।
दाङकाे तुलसिपुर उपमहानगरपालिका वडा नं.४ र सल्यानकाे कपुरकाेट गाँउपालीका वडा नं ३ काे सिमानामा रहेकाे सुकिदहमा शिबलिङ्ग तयार गरीएकाे हाे ।
नवनिर्मित शिबलिङ्गकाे उचाई २७ फिट र १५ फिट गाेलाईमा रहेकाे छ ।
शिबलिङ्गकाे आज(साेमबार) पुर्णिामाकाे अवसरमा ब्राह्मण राखेर शिबभक्तहरूले पुजा आरधनागरी उद्घाटन समेत गरेका छन । शिबलिङ्ग निर्माणकाे काम २०८० साल भदाै महिनाबाट शुरू गरीएकाे थियाे।
दाङकाे मुलकाेट,खमारी सल्यानकाे कपुरकाेट लगाएत क्षेत्र ,बाँकेकाे नेपालगन्जका २९ जना शिबभक्त चेलाहरूकाे सामुहिक नाै लाख र श्रमदान गरि कुल दश लाख रूपैयाँकाे लागतमा सार्वजनिक जमिनमा शिबलिङ्ग निर्माण गरीएकाे शिबभक्त समुहका मुख्य संयाेजक टंकराम वलिले बताउनुभयाे ।
सुकिदहलाई शुद्ध क्षेत्र मानेर ब्यक्तिगत लगानीमा निर्माण गरीएकाे उहाँले बताउनुभयाे।
शिबलिङ्ग स्थापनाका लागि निर्मित स्थलसम्म यातायातका साधन पुग्ने सडक छैन ।
सिमेन्टेड शिबलिङ्ग स्थापनाका लागी कपुरकाेट गाँउपालिकाकाे कट्याैजेरिबाट ज्यामीले नै निर्माण सामाग्री बाेकेर पुर्याउनु परेकाे वलिले बताउनुभयाे।
सुकिदह क्षेत्रकाे धार्मिक तथा पर्यटन विकासका लागि सहयाेग गर्न सबैलाई अनुराेध गर्नुभएकाे छ।
याे क्षेत्र दाङकाे तुलसीपुर उपमहानगरपालिकाकाे उच्चपहाडि भेग हाे ।
सुकिदहबाट मनाेरम प्राकृतिक दृश्य संगै हिमाल हेर्न सकिने मुलकाेट टाेल बिकास संस्थाका अध्यक्ष ऋषिराम पुनले बताउनुभयाे। पर्यटकिय क्षेत्रका रूपमा रहेकाे प्रसिद्ध एवं सुन्दर चमेरे गुफा पनि मुलकाेटमा रहेकाले अवलाेकनका लागि उहाँले सबैलाई आग्रह गर्नुभयाे।
सुकिदह पुग्नका लागि सल्यान-कपुकाेट सडक खण्डमा पर्ने हरनेटि हुँदै मुलकाेटवाट पुग्न सकिन्छ। यस्तै तुलसीपुर ७ काे प्रसेनी,बनहरी,लामीदमार हुदँ मुलकाेटबाट पनि पुग्न सकिन्छ।
यहि बाटाे भएर सल्यानकाे कपरकाेट दाङछेरी हुँदै दाङ झर्ने मानिसकाे पैदल बाक्लाे आउजाउ भएपनि अहिले यातायातकाे सुबिधा भएपछि पैदल हिँड्ने मानिसकाे संङ्ख्यामा कमि आएकाे छ ।