२०८१ मङ्सिर २४ गते सोमवार

 वित्तीय विवरण समयमै नबुझाउने ८८ कम्पनी कारबाहीमा



दाङ, १२ मंसीर ।
नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ कम्पनीलाई कारबाही गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराइएको अध्यक्ष रमेश हमालले बताउनुभयो ।

कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए । उनीहरुलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । त्यस्तै वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ ।

वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश माइक्रोफाइनान्स र जलविद्युत् कम्पनी रहेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार