२०८१ फाल्गुन ६ गते मङ्गलवार

नियम विपरीत सवारी चलाउनेलाई कार्बाही हुन्छ : ट्राफिक प्रमुख देवकोटा



तुलसीपुर,१३ मंसिर ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वरिष्ठ सइले इश्वरी देवकोटाले ठुलो आवाजमा मोटरसाइकल चलाउनेलाई कार्बाही गर्ने बताउनुभएको छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुर प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै तुलसीपुर क्षेत्रका पत्रकार संगको भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।

बुधबार आयोजित पत्रकारसंगको भेटघाट कार्यक्रममा वरिष्ठ सइ देवकोटाले पछिल्लो समय ठुलो आवाजमा मोटसाइकल चलाउने बढ्दै गएकोले न्यूनिकरणका लागि कार्बाही गरिने बताउनुभयो ।

उहाँले सवारी दुर्घटना न्युनिकरणका लागि , सिट क्षमता भन्दा बढी यात्रु राख्ने, विद्यार्थी राख्ने बसका चालकलाई पनि कार्बाही गरिने बताउनुभयो ।

उहाँले बजारक्षेत्रमा सवारी पार्किङ,अटो व्यवस्थापन र सवारी साधनको गति कम गर्न भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केही दिन पहिले मात्र बाँकेको नेपालगञ्जबाट सरुवा भएर ट्राफिक प्रहरी कार्यालय तुलसीपुर आएका देवकोटाले पतुलसीपुरलाई हर्न निषेध क्षेत्र बनाउन स्थानीय सरकारसगं समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार