दाङ, १४ मंसिर ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ , डिजेल र मट्टिीतेल प्रतिलिटरमा ४ रुपैयाँले घटेको छ ।
अब पेट्रोलको मूल्य क वर्ग (चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज,भलवारी, नेपालगञ्ज , धनगढी र बिरगञ्ज)मा प्रतिलिटर १६७ रुपैँया ५० पैसा र डिजेल, मट्टी तेलकोको मूल्य १५७ रुपैँया ५० पैसा कायम भएको छ ।
यस्तै ख वर्ग (दाङ र सुर्खेत)मा पेट्रोल प्रतिलिटर १६९ रुपैँया ५० पैसा, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५९ कायम गरिएको छ । यस्तै ग वर्ग (काठ्माण्डौ, पोखरा र दिपायल)मा पेट्रोल प्रतिलिटर १७० रुपैँया कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६० कायम गरिएको छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्य मंसिर १५ गते राती १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार