२०८१ माघ ६ गते आइतवार

तुलसिपुर ७ का ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परिक्षण



तुलसिपुर,१५ मंसिर ।
तुलसिपुर उपमहानगरपालीका वडा नं ७ को गणेशपुर क्षेत्रमा आज (शुक्रबार) ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण गरिएको छ ।प्रसेनी नगर स्वास्थ्य केन्द्र र तुलसिपुर उपमहानगरपालिका वडा नं ७ को संयुक्त आयोजनामा कार्यक्रम गरीएको हो ।

ज्येष्ठ नागरीक समाजको ऐना रहेको भन्दै बुढेसकालमा देखिने स-साना समस्या घरमै समाधानका लागि स्थानिय सरकारले घरदैलो कार्यक्रम गर्न समन्वय गरेको वडा नं ७ का अध्यक्ष राम बहादुर जिसीले बताउनुभयो ।

सामान्य समस्या लिएर नियमित रूपमा अस्पताल पुग्न नसकेका ज्येष्ठ नागरिकको नियमित चेकजाँच तथा स्वास्थ्य स्थिति बुझ्न प्रसेनी नगर स्वास्थ केन्द्रका ईन्चार्ज बासुदेब चौधरी को नेतृत्वमा स्वास्थ्यकर्मी तथा , वडा अध्यक्ष राम बहादुर जिसी सहित जनप्रतिनिधिको टोलि घरमै पुगेपछि ज्येष्ठ नागरीक खुशि देखिन्थे ।

अभियानको पहिलो दिन गणेशपुर क्षेत्रमा रहेका १० जना ज्येष्ठ नागरीकलाई स्वास्थ्य परिक्षण तथा परामर्श प्रदान गरीएको प्रसेनी नगर स्वास्थ्य केन्द्र ईन्चार्ज बासुदेब चौधरीले बताउनुभयो ।

चौमासक रूपमा घरदैलोमा ज्येष्ठ नागरीकका समस्या बुझ्न जाने कार्यक्रम अन्तर्गत बल्डप्रेसर जाँच तथा बाह्य रूपमा प्रत्यक्ष देखिने समस्याको पहिचान तथा उपचारका लागि परामर्श दिने गरेको चौधरीले बताउनुभयो । यो अभियान वडा भित्रका अन्य स्थानमा पनि सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार