२०८१ मङ्सिर २४ गते सोमवार

शेयर बजार हप्ताको पहिलो दिन ७ अङ्कले घट्यो



दाङ,१७ मंसिर ।
शेयर बजार हप्ताको पहिलो दिन ७ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा, होटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन थ्री स्टार हाइड्रोपावरको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ३४ लाख १९ हजार कित्ता शेयर ९६ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ ।।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार