२०८० फाल्गुन १३ गते आइतवार

श्रीमतीको हत्या गरेर श्रीमान प्रहरी चौकी पुगेपछि…..



सल्यान, २० मंसिर ।

सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेर आफै हत्या प्रहरी चौकीमा पुगेका छन् । सिद्धकुमाख गाउपालिका-३ उचाल्ने अन्दाजी ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी सीतली सार्कीलाई धारिलो हतियार प्रहार गरेका हुन् । गएराती श्रीमतीको हत्या गरेर डम्बर आफै ढोरचौर प्रहरी चौकीमा पुगेका हुन् ।

बुधवार बिहान डम्मर आफैले श्रीमतिको हत्या गरेको भन्दै प्रहरी चौकी ढोरचौर पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक भवानी प्रसाद धमलाले बताउनुभयो।

‘हिजो राति डम्मरले श्रीमतिको हत्या गरेका रहेछन् ।’ प्रहरी निरिक्षक धमलाले भन्नुभयो(‘आज बिहानमात्रै ढोरचौर प्रहरी चौकीमा गएर मैले श्रीमतिको हत्या गरेको हुँ भनेर डम्मरले स्विकार गरिसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार