तुलसीपुर, २१ मंसिर ।
गुरूकुल एकाडेमी तुलसीपुरमा पनि संचालन हुने भएको छ । घोराहीमा संचालन हुँदै आएको गुरूकुल एकाडेमीले आउँदो शैक्षिक शत्रबाट तुलसीपुरमा पनि संचालन हुने भएको हो । एकाडेमीले प्ले गुर्पदेखि कक्षा ९ सम्म आगामी शैक्षिक सत्रदेखि संचालन गरिने अध्यक्ष अनन्तराज घिमिरेले बताउनुभयो ।
आगामी फागुन २ गतेदेखि सरस्वती पुजाका दिनदेखि भर्ना शुरू गरिने उहाँले बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन गर्न गुरुकुल एकाडेमी निरन्तर लागेको बताउनुभयो । उहाँले संस्कारयुक्त जनशक्ति र पुणर् मानव बनाउन गूरूकुल एकाडेमीले महत्वपूणर् भुमिका खेलेको बताउनुभयो ।
एकाडेमीको तुलसीपुर-६ रजौरामा साढे २ बिगाह जग्गामा संचरना निर्माण भइरहेको छ । एकाडेमीले प्रधानाध्यापकमा मुकुन्द गिरी र सिईओमा जयन्त उपाध्याय नियुक्त गरेको छ । अध्यक्ष घिमिरेका अनुसार एकाडेमीले ८० जनालाई रोजगारी दिने छ । २०७२ सालमा घोराहीमा स्थापना भएको गुरूकुलले तुलसीपुर र लमहीमा पनि शाखा विस्तार गर्न लागेकोहो ।
बिहिबार पत्रकार भेटघाट कार्यक्रममा तुलसीपुर गुरुकुलका प्रधानध्यापक गिरीले शिक्षासंगै अतिरिक्त कृयाकलाप,सामुहिक छलफल ,कक्षाकोठा प्रविधिमैत्री, शान्त र सुरक्षित हुने कुरामा जोड दिएको बताउनुभयो । कार्यक्रमा शिक्षा विज्ञ बिष्णुकुमार देवकोटा विश्वव्यापी शिक्षामा गुरूकुल एकाडेमीले भूमिका खेलेको बताउनुभयो ।
घोराहीका प्रधानाध्यापक डा कृष्णराज डीसी, तुलसीपुर शिक्षाविद् रामचन्द्र कडेँल, शेयर सदस्य अभियान बस्नेत लगायतले गुरुकुलले शिक्षासंगै व्यवहारिक ज्ञान सिपमा जोड दिएको बताउनुभयो । कार्यक्रमको सहजीकरण निमानन्द गैरेले गर्नुभएको हो ।