२०८१ मङ्सिर २३ गते आइतवार

पेट्राेल र डिजेल प्रतिलिटर तीन रूपैयाले घट्याे



दाङ, २९ मंसिर ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र डिजेलमा  प्रतिलिटर ३  रुपैयाँले घटेको छ ।

अब पेट्रोलको मूल्य क वर्ग (चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज,भलवारी, नेपालगञ्ज , धनगढी र बिरगञ्ज)मा प्रतिलिटर १६४ रुपैँया ५० पैसा र डिजेल, मट्टी तेलकोको मूल्य १५४ रुपैँया ५० पैसा कायम भएको छ ।

यस्तै ख वर्ग (दाङ र सुर्खेत)मा पेट्रोल प्रतिलिटर १६६ रुपैँया , डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५६ कायम गरिएको छ । यस्तै ग वर्ग (काठ्माण्डौ, पोखरा र दिपायल)मा पेट्रोल प्रतिलिटर १६७ रुपैँया कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५७ कायम गरिएको छ ।

खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्य मंसिर ३९ गते राती १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार