२०८२ बैशाख ३१ गते बुधवार

सगरमाथामा लागु औषध दुव्र्यशनी विरुद्ध नाटक प्रदर्शन



दाङ, ६ पुस ।
दाङको तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङलिस बोर्डिङग स्कुलका विद्यार्थीहरुले लागु औषध दुव्र्यशनी विरु द्धको नाटक प्रस्तुत गरेका छन् ।

आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका विद्यार्थिहरुले लागु औषध दुव्र्यशनि विरुद्ध नाटक प्रदर्शन गरेका हुन् । समाजमा लागु औषध दुव्र्यशनले विद्यार्थीहरुमा परेकोे प्रभाव र न्यूनिकरणका बारेमा नाटक प्रस्तुत गरेको विद्यालयका कार्यक्रम प्रमुख सरद शर्मा मजगैयाले जानकारी दिनुभयो ।

कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुले नाटक प्रदर्शन गरेका हुन् । विद्यायलयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा नाटक प्रशिक्षक अनिता थापाको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष यमकान्त खरेललको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि थापाले नाटक मार्फत समाजमा हुने गरेका घटनाहरु उजागर गर्न सकिने बताउनुभयो । उहाँले किताबमा पढेको भन्दा नाटक मार्फत प्रस्तुत गर्दा विद्यार्थीहरुलाई बुझ्न सहज हुने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक वलीले विद्यार्थीहरुको चौतर्फि विकास गर्नको लागि विद्यालयले नाटक कक्षा, सांगितीक कक्षा लगाएतका विभिन्न कक्षाहरु सञ्चालन गर्ने बताउनुभयो।

लोक गित प्रतिस्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालले गितसंगितको महत्वका बारेमा जानकारी गराउनु भएको हो । उहाँले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउनको लागि यस्ता खालका कार्यक्रमले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।

विद्यालयका स्कुल कोर्डिनेटर तिकल डाँगिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नुभएको हो ॥

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार