दाङ,६ मंसिर ।
तुलसीपुरमा शनिवार भाेली विद्युत सेवा बन्द हुने भएकाे छ ।
तुलसीपुर वितरण केन्द्र अन्तरगत तुलसिपुर-७ रानिघाट क्षेत्रकाे मानपुर-बिजाैरी फिडरमा विद्युतको पाेल मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द गरीने वितरण केन्द्र प्रमुख शिवनारायण गाेशलीले जानकारी दिनुभयाे।
शनिवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाईन बन्द रहनेछ ।मानपुर- बिजाैरी फिडर अन्तर्गत मानपुर, बिजाैरी, कुटिचाैर, हेमन्तपुर,खाद्रे लगाएतका क्षेत्रहरुमा विद्युत अबराेध हुने कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार