
तुलसीुपुर,१४ पुस ।
तुलसीपुर माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायीको आयोजनामा आज (शनिवार) तुलसीपुरमा रक्तदान कार्यक्रम गरीएको छ ।
रक्तदान जिवनदान भन्ने नाराका साथ आज (शनिवार) राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा अवस्थीत कालीकादेवी रक्तसञ्चार केन्द«मा रक्तदान कार्यक्रम गरिएको हो ।
तुलसीपुर माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायी संघका अध्यक्ष सुरज भण्डारीकाे अध्यक्षता तथा राप्ती प्रादेशिक अस्पतालका मेसु डा.पदमराज अधिकारीकाे प्रमुख आतिथ्यता एवं रेडक्रम दाङ रक्त सञ्चार केन्द्र प्राविधिक प्रमुख ठाकुर पाैडेलकाे बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले रक्तदान नै जिवनदान भएको भन्दै स्वास्थ्यमा समस्या नभएकाे ब्यक्तिले समय-समयमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै समस्या नहुने बताउनुभयाे ।
रक्तदान गर्दा स्वास्थय बिग्रन्छ भन्ने अझैपनि समाजमा विद्यमान रहेको भन्दै स्वास्थ्यकर्मीको सल्लाह अनुसार रक्तदान गर्दा स्वास्थ्यमा समस्या नरहने बताउनुभयो।
कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिय । संस्थाका उपाध्यक्ष थुमन विश्वकर्माकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजीकरण नारायण भण्डारीले गर्नुभएकाे थियाे।