२०८१ मङ्सिर २३ गते आइतवार

गोर्खा माविको १३ औं वार्षिकोत्सव : संस्कारसहितको शिक्षामा जोड



दाङ, १७ पुस ।
नेपाल सस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादब प्रकाश लामिछानेले बालबालिकालाई समय दिन अभिभावकलाई आग्रह गर्नुभएको छ । तुलसीपुर–६ मा रहेको गोर्खा माध्यामिक विद्यालयको १३ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले पछिल्लो समयमा अभिभावकहरु विभिन्न पेशा व्यवसायमा लागेकोले आफ्नो छोराछोरीहरुलाई समय दिन नसकेको बताउनुभयो ।

अभिभावकले छोराछोरीलाई समय दिन नसक्दा विद्यार्थीहरुले राम्रो शिक्षा पाउन नसकिरहेको उहाँको भनाई छ । बालबालिकाहरुको पहिलो शिक्षा घर भएको हुँदा घरबाट नै राम्रो शिक्षाको वातावरण सिर्जजना गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जिसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादब प्रकाश लामिछानेको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

यस्तै कार्यक्रममा तुलसीपुर ६ का अध्यक्ष भण्डारीले अहिले धेरै युवाहरु प्लस टु पास गरेर वैदेशिक रोजगारीमा जाने लहर लागेको बताउनुभयो । उहाँले यसकारण युवा जनशक्तिलाई नेपालमै रोक्नको लागि राज्यले गम्भिरमा रुपमा सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष तथा सेन्टर माद्यामिक विद्यालय प्रधानाध्यापक भागवत पौडेलले शिक्षाले नै समाज परिवतैन गर्ने भएकोले शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो । गोर्खा माद्यामिक विद्यालयका प्रधानाध्यापक बिजयमान जिएमले विद्यालयको प्रतिबेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा नृत्य तथा विभिन्न  सास्कृतिक प्रस्तुुती समेत रहेकाे थियाे ।कार्यक्रमकाे सहजीकरण गाेर्खा माेडेल कलेजका प्रअ पुर्ण बिक्रम डाँगीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार