२०८१ चैत्र ४ गते सोमवार

एनएमबि बैंक र नेशनल प्याथ ल्याबबीच व्यवसायीक सम्झौता



दाङ,२० पुस।

एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले नेसनल प्याथ ल्यावबाट प्रदान गरिएका सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने भयका छन् ।

ल्याबका सम्पूर्ण सेवाहरुमा एनएमबि बैंकका कर्मचारी र ग्राहकले १५ देखी ३० प्रतिशत सम्म छुट उपलब्ध गराईने छ ।

बैंकका ग्राहकलाइ उपचारको तथा बिबिध चेक जाँच क्रममा राहत पुर्‍याउने उद्श्यले व्यावसायिक सहकार्यका लागी सम्झाैता गरीएकाे हाे ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रशाद पराजुली र नेसनल प्याथ ल्याबको तर्फबाट वीरेन्द्र कुमार आचार्यले हस्ताक्षर गरेका छन् ।

यस्तै  एनएमबि बैंक तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी र नेसनल प्याथ ल्याब तुल्सीपुरका ईन्चार्ज दिपक कुमार शाहले हस्ताक्षरित सो सम्झौता आदानप्रदान गरेका थिए ।

सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं  बैंकका ग्राहकले सुबिधा लिन सकिने तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मीले बताउनुभयो ।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।

भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने रेग्मीले बताउनुभयाे ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार