२०८२ बैशाख ८ गते सोमवार

नापी सर्वेक्षककाे नतिजामा जनश्रम मावि खाद्रे देशकै प्रथम



दाङ, २२ पुस ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीले लिएको नापी सर्वेक्षक तर्फको परीक्षामा दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं ४ खाद्रेमा  रहेको जनश्रम माध्यामिक विद्यालय देशमै प्रथम भएको छ ।

डिप्लोमा तहको जियोमेटिक्स इन्जिनियरिङ (नापी सर्वेक्षक) अन्तरगत पहिलो सेमेस्टरको नतिजामा ९३.७५ प्रतिशत  विद्यार्थी उत्तीर्ण भइ नेपालमै पहिलो स्थान सहित सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल भएकाे विद्यालयका  प्रधानाध्यापक माधब प्रसाद भट्टराईले बताउनुभयाे।

प्रथम सेमेस्टरको परीक्षामा सहभागी भएका १६ जना विद्यार्थी मध्य १५ जना विद्यार्थी  उत्तीर्ण भएपछि जनश्रम मावि खाद्रे देशमै प्रथम भएको हो । देशका विभिन्न स्थानमा रहेका ४० वटा शिक्षालयमा डिप्लोमा तहको जियोमेटिक्स इन्जिनियरिङ तर्फ पढाई हुने गरेको छ ।

जनश्रम माविका प्राधानाध्यापक माधव प्रसाद भट्टराईले  विद्यार्थीको लगनशीलता, पढाई प्रतिको रुचि, शिक्षकहरूको मेहनतका कारण सफल भएको बताउनुभयो ।

परीक्षाको नतिजा आज(आईतवार )  सिटीइभीटीले सार्वजनिक गरेको हाे । यसैबीच प्रअ भट्टराईले  उत्तीर्ण हुने सम्पुर्ण  विद्यार्थीहरूलाई बधाई समेत दिनुभएको छ ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार