२०८१ जेष्ठ १६ गते बुधवार

पृथ्वीनारायणलाई हटाएर नेत्रलाल राखीयो



तुलसीपुर, २५ पुस ।

तुलसीपुरमा बाहिनी चोकको नाम पृथ्विनारायणको नामाकरण गरेपछि वडाले हटाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले बुधबार पृथ्वीनारायणको नाम हटाएर नेत्रलाल चोक नामाकरण गरेको हो ।

विस २०५४ सालमा नै चोकको नाम नेत्रलाल राखिएकोले पृथ्वीनारायणको नाम हटाएको वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभयो ।

वडा नम्बर ६ अन्तर्गत पर्ने तुलसीपुरका विभिन्न चोकमा आफुखुशि राखेको नाम वडाले हटाउने वडा अध्यक्ष दुजमान भण्डारीले बताउनुभयो ।

चोकको नाम राख्ने स्थानीय पालिकाको काम भएकोले व्यक्तिले आफुखुशी नाम राख्न नपाउने उहाँले बताउनुभयो ।

तत्कालीन स्थानीय निकायको सार्वभौम सभाले गरेको निणर्य बाहिर गएर नाम राख्न नसकिने बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार