२०८१ चैत्र १२ गते मङ्गलवार

बलत्कार मुद्धामा फरार रबि पक्राउ



सांकेतिक तस्बिर

दाङ, २९ पुस । दाङमा बलत्कार मुद्धामा फरार एक व्यक्ति दुई वर्षपछि पक्राउ परेका छन् । प्रहरीले बलत्कार मुद्धामा फरार रहेका लमही नगरपालिका -९ निवासी रबि घर्तीलाई दुई वर्षपछि पक्राउ गरेको हो ।

घर्तीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७८ पुस १६ गते बलात्कार मुद्दामा ८ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

बलात्कार पछि फरार रहेका घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार