२०८१ जेष्ठ १६ गते बुधवार

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक रूपैँयाले घट्याे



दाङ, २ माघ ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल  प्रतिलिटर १ रुपैयाँले घटेको छ ।

अब पेट्रोलकाे मूल्य क वर्ग (चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज,भलवारी, नेपालगञ्ज , धनगढी र बिरगञ्ज)मा प्रतिलिटर १६३ रुपैँया ५० पैसा  र  डिजेल र मट्टीतेलको प्रतिलिटर  १५३ रूपैँया ५० पैसा कायम भएको छ ।

यस्तै ख वर्ग (दाङ र सुर्खेत)मा पेट्रोल,डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैँया , डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ कायम गरिएको छ । यस्तै ग वर्ग (काठ्माण्डौ, पोखरा र दिपायल)मा पेट्रोल प्रतिलिटर १६६ रुपैँया कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५६ कायम गरिएको छ ।

खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्य माघ २ गर गते बिहान १ बजेदेखि लागु भएकाे निगमले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार