
तुलसीपुर,३ माघ
दाङको तुलसीपुरबाट सञ्चालीत सिएनटीप्रेस डटकमले पहिलो स्थापना दिवसको अवसरमा २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालन गरेको छ ।
वि।सं २०७९ माघ ४ गते बाट राइजिङ टुगेदर मिडिया प्रालिद्वारा सन्चालनमा आएको सिएनटी प्रेस डटकमले पहिलो स्थापना दिवसको अवसरमा तुलसीपुरमा आधारभूत पत्रकारिता तालिम सन्चालन गरेको हो।
पत्रकारिता क्षेत्रमामा नव प्रवेशी तथा काम गरीरहेको प्रशिक्षार्थीहरुलाइ प्रशिक्षण दिइएको हो । तालीममा खोजी पत्रकारिता, समाचार लेखन ,छापा पत्रकारिता , रेडियो पत्रकारिता ,टेलिभिजन पत्रकारिता तथा अनलाइन पत्रकारिता लगायतका बिषयमा प्रशिक्षण दिएको हो।
दुई दिन सम्म सञ्चालीत तालीमको प्रशिक्षकहरुमा पत्रकार दिपक बोहोरा , राकेश बस्नेत, यज्ञ बहादुर बुढा , सुमन के सी , जित सागर जि एम , बसन्त पौडेल,मदन बि.क रहनुभएको थियो ।
तालिमकासंयोजक तथा राइजिङ टुगेदर मिडिया प्रालि का सन्चालक एवं सिएनटी प्रेसका प्रमुखरसम्पादक सागर सुबेदीले आधारभूत पत्रकारिता तालिमले नवप्रवेशि पत्रकारलाइृ पत्रकारिता क्षेत्रमा काम गर्न सहजता हुने तथा क्षमता अभिबृद्धि र हौसला बढाउन मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो।
तालीमको समापन संगै भोली(विहिवार) राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको ब्लड बैंकमा रक्तदान कार्यक्रम गरी सिएनटी प्रेस डटकमले पहिलो स्थापना दिवस मनाउदै छ ।