दाङ, ७ माघ ।
तुलसीपुर उपमहानगरपालिकामा–४ मा पर्छ तल्लो हलवारको गाँउ । थारुहरुको मूख्य चाड माघीको रौनक पुरै सकिएको थिएन । माघ ६ गते शनिवार गाँउमा स्थानीय शिला चौधरीको छोराको विवाह थियो । गाँउभरीका मान्छे जम्मा भएर विहे भोजमा रमाइलो गर्दे थिए । उत्तर–दक्षीण मोहोडामा लहरै घरहरु छन ।
एक अर्को परिवारसंग छोरी–चेली लेनदेन नजिकमै धेरैको छ । गाँउको मध्य भागमा पर्छ लक्ष्मी चौधरीको घर । उनको माइती घर पनि घरको सामुन्ने छ। गाँउमा विवाह गर्ने दुलाह भने लक्ष्मीका माइला दाईका छोरा अर्थात भदै हुन ।
लक्ष्मीका माइला दाई फर्साराम चौधरीको भने केही वर्ष पहिले नै निधन भइसकेको छ । दिनभर लक्ष्मी माइतीघरमा भदैको विवाहमा सरीक भइन । साँझ पर्दे जाँदा विवाहको चहलपहल भने वढ्दै थियो । डिजेमा नाँच्नेहरु रमाइलो गदै थिए ।
लक्ष्मी भने दिनभर विवाहमा व्यस्त रहेकाले वस्तुभाउको हेरचाह गर्न पाएकी थिइनन । त्यसैले साँझपखको समयमा घरदेखि केही मुनतिर बाँधेका बस्तुभाउलाई हेचाह गर्न पुगिन । घाँसपानी गरेर घरमा फर्केकी थिइन ।
र्दुभाग्य भन्नुपर्छ घर भित्र पसेकी लक्ष्मी घर बाहीर निक्लनै नपाई सदाका लागि विदा भएर गइन । लक्ष्मीलाई उनका श्रीमान हिमलाल भनेर चिनिने पेण्डुवा चौधरीले टाउकोमा स्टिलको रड प्रहार गरि हत्या गरे । विवाहमा सवैजना व्यस्त रहेकाले उतिसारो घटनाका बारेमा थाहा पाउन सकेनन ।
मृतक लक्ष्मी चौधरीको जेठी छोरी सबिता चौधरी पनि तुलसीपुर–१९ पक्करेबाट मामा घर आएकी थिइन । कान्छी छोरी सबिना भने शनिवार दिउँसो नै भागी विवाह गरी गएको बुझीएको छ । तर अहिले उनि परिवारको सम्पर्कमा छन् ।
जेठी छोरी सबिता विवाह घर (मामाको घर) बाट साँझ माइति घरमा जाँदा बुवा हिमलालले घरका सबै ढोका बन्द गरेर बसेको चाल पाएपछि उनि अत्तालिइन । त्यसपछि आफन्तहरुलाई आमा नभएको खबर गरिन् । आमा लक्ष्मीलाई खोज्न शुरु भयो ।
गाँउ वरीपरी सवै ठाँउ खोजी सकेपछी कतै फेला परिनन् । विवाहमै सहभागी शेरबहादुर पुन त्यहाँ पुगे । घट्ना बेलुकी ६ देखी ७ बजेको विचमा हुनुपर्ने उनको अनुमान छ । हिमलाललाई ढोका खोल्न सबैले अनुरोध गरे तर उनले ढोकै खोल्न मानेन् ।
घटनाको प्रकृति हेर्दा त्यतीबेला उनले श्रीमतीको हत्या गरिसकेको हुनु पर्ने शेरबहादुरले बुझे । सबै मिलेर ढोका खोलेर भित्र पस्दा छोरा सहित तिन जना पनि पेण्डुवाको आक्रमणमा परे भने एक जना भागदौडमा घाइते भए ।
उनको आक्रमणमा परी छोरा शरद चौधरीको हातमा सामान्य चोट लाग्यो । शिला चौधरीको हात भाँचिएको छ । हात भाँचिएकी शिला शनिवार विवाह गर्ने दुलाहको आमा हुन् । मृतक लक्ष्मीको माइली भाउजु हुन भने आक्रमण गर्ने पेण्डुवाको जेठानी दिदि हुन ।
यस्तै काठमान्डौबाट विहेको निम्तो मान्न आएकी विशाखा थापा पनि सोही घटनामा घाइते भएकी छन । उनलाई टाउकोमा चोट लागेको छ । घटनाको भागदौडमा परी राजेश चौधरीको पनि खुट्टामा चोट लागेको स्थानीय शेर बहादुर पुनले बताउनुभयो ।
श्रीमतीको हत्या गर्ने पेण्डुवा चौधरी गाँउमा हिमलाल भनेर चिनिन्छन् । ४३ बर्षीय पेण्डुवा पेशाले उनी मिस्त्री काम गर्थे । शनिवार उनि घर नजिकै भदैको विहेमै नगएर दिनभर घरमै बसीरहे । विहेमा किन गएनन् कसैले भेउ पाउन सकेका छैनन् ।
स्थानीय चम्फा चौधरीका अनुसार विहे भोजमा पाकेको खाना घरमा ल्याइदिएपनि उनले खान मानेका थिएनन् । पेण्डुवाले त्यसपछी ४२ बर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरि हत्या गरेर कोठामै राखेका थिए । स्थानीय पुनका अनुसार झ्यालबाट हेर्दा कम्बल ओढेर सुतेको जस्तो देखीएको थियो । उनका अनुसार पेण्डुवाले श्रीमतीका हत्या गरीसकेपछी कपडा ओढाइदिएका रहेछन् । सायद अघि पछिको दिन जस्तो भए लक्ष्मीलाई बचाउन सकिन्थ्यो होला ।
नजिकमै बाक्लै घरहरु छन तर शनिवार सबैजना विहेमा भएकाले कसैले पत्तो पाएनन । मदिरा पनि पिउथे उनी, तर माघको दुइ गतेपछि मदिरा सेवन गरेको थाहा नपाएको बताउछन् स्थानीय सुन्दर चौधरी । स्थानीयका अनुसार स्वास्थ्यमा समस्या आएपछी चिकित्सकको सल्लाह बमोजीम रक्सी नखान भनेकाले छाडेको हुनसक्ने बताउछन् ।
तर रक्सीले मातेको अवस्थामा पेण्डुवाले प्रहार गरेको रडबाट घाइते श्रीमती लक्ष्मीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीले पेण्डुवालाई गएराती नै पक्राउ गरिसकेको प्रवक्ता मल्लले बताउनुभयो ।
लक्ष्मीको निधनले यतिबेला तल्लो हलवार गाँउ नै शोकमा डुवेको छ ।
विहेको निम्तो मान्न आएका पाहुना मलामी बनेर फर्कनु परेको पिडा छ । प्रहरीका अनुसार श्रीमतिको हत्यापछि पेण्डुले आफ्नी श्रीमति हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए । मूतक लक्ष्मीको शवलाई राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछि आज (आइतबार) गुहारखोला घाटमा अन्त्यष्टि गरिएको छ ।