
दाङ,८ माघ
तुलसीपुर मेट्रो कलेजले चौथो वार्षिकोत्सब कार्यक्रम गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं १२ हरिपौरीमा सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयले आज (सोमवार) चौथो वार्षिकोत्सब मनाएको छ ।
बि.स २०७६ सालमा स्थापना भएको शिक्षालयले चौथो वार्षिकोत्सब कार्यक्रम गरेको हो । २१ जना विद्यार्थीवाट तुलसिपुर उपमहानगरपालीका–१२ को वडा कार्यालय भबनवाट वन विज्ञान कार्यक्रमवाट नगरकै गौरवको योजना अन्र्तगत मेट्रो कलेज निवर्तमान नगरप्रमुख घनश्याम पान्डेको नेतृत्वमा शुभारम्भ भएको थियो ।
शिक्षालयमा अहिले तुलसीपुर उपमहानगरपालीका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको साझेदारीमा ७ वटा कार्यक्रम सञ्चालनमा छन। सञ्चालन भएका कार्यक्रम र आगामी योजनाका बारेमा शिक्षालय प्रमुख बसन्त कुमार आचार्यले प्रकाश पार्नुभएको थियो ।
जसमध्य वन विज्ञान,बाली विज्ञान,फुड एण्ड डेरी टेक्नोलोजी,फार्मेसी,मेकानीकल इन्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इन्जिनियरिङ कार्यक्रममा १ हजार २ सय १ जना विद्यार्थीलाई अध्यापन गराइुसकेको प्रमुख आचार्यले जानकारी दिनुभयोे ।
आगामी वर्षदेखि स्वास्थ्य तर्फको फार्मेसी कार्यक्रमका लागी अनुमति प्राप्त गरीसकेको छ । फार्मेसी कार्यक्रम अव १ लाखको लागतमै पढ्न पाइने भएको छ ।
कलेजमा बाजुरा,कालीकोट,सल्यान,रोल्पा,रुकुम लगाएत देशभरीका ३७ जिल्लाका विद्यार्थीहरुले अध्ययन गर्ने गरेको प्रमुख आचार्यले कार्यक्रममा जानकारी गराउनुभएको थियो। उहाँका अनुसार कलेजमा कुल विद्यार्थी सङ्ख्याको ४० प्रतिशत विद्यार्थीले निशुल्क रूपमा अध्ययन गरीरहेका छन । आगामि वर्ष देखि विद्यार्थीलाई २ वर्षका लागि चिनमा अध्ययन गर्न पठाउने तयारी समेत गरीएको छ ।
समाजवादको मोडेल पच्छ्याउने गरी विद्यार्थीलाई कारखाना मात्र होईन कारखानामा काम गर्ने दक्ष जनशक्ति निर्माण गर्ने उदे्श्य सहित कलेजलाई प्राबिधिक शिक्षाको केन्द्र बनाउने उद्देश्य अनुसार अध्यापन गरीरहेको आचार्यले बताउनुभयो ।
वडा कार्यालयको भबनवाट चार वर्ष अघि स्थापना भएको कलेज अहिले सुविधा सम्पन्न छात्रावास सहितको आफ्नै भवन हरिपौरीमा माटो सुहाउदो शिक्षा पढाउदै आएको छ।
शिक्षालय संञ्चालक समिति अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष डा.भिम प्रसाद खतिवडाको प्रमुख आतिथ्यता एवम बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको बिशिस्ट आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खतिवडाले प्राविधिक शिक्षामा कलेजले खेलेको भुमीकाको प्रशंसा गर्नुभयो । प्राविधिक धार सञ्चालन गरेका अन्य शिक्षालयहरुले पनि मेट्रो कलेजवाट नयाँपन सिक्न पाइने बताउनुभयो । साथै उहाँले नजिकमै रहेको नेपाल संस्कृत विश्वविद्यालयले वेद,आर्युवेद तथा योगाअभ्यास सञ्चालन गरीरहेको हुँदा शिक्षा आदाप्रदान गर्न सहज भएको बताउनुभयो ।प्राविधिक शिक्षा प्रदान गरी उत्पादित दक्ष जनशक्तीलाई स्वदेशमै स्वरोजगार बनाउन सफल हुनु कलेजको सबल पक्ष रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्र्रेष्ठले प्राविधिक शिक्षामा सूचना र प्रविधि समयानुसारको पर्याप्त मात्रामा परिवर्तन हुन नसकेको बताउनुभयो । प्राविधिक शिक्षा आर्कषण बनिरहेको अवस्थामा कलेजलाई आवश्यक श्रोत र साधन सम्पन्न बनाउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालीकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेले कलेज प्राबिधिक शिक्षामा दक्षिण एसियाकै नमुना शिक्षालय बन्ने विश्वास व्यक्त गर्नुभयो ।तुलसीपुर मेट्रो कलेजलाई भविष्यमा बिश्वबिद्धालय बनाउने गरि अघि वढ्न अनुरोध समेत गर्नुभयो । जहाँ हजारौ बिद्यार्थीलाई अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड समेत जोड दिनुभयो ।
तुलसीपुर १२ का निवर्तमान वडा अध्यक्ष श्याम डाँगीले कलेज हरिपौरीमै सञ्चालनका लागी आफुले तत्कालीन समयमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । कलेजलाई वडा कार्यालय भवन दिएर तेतीवेला १२ नं वडा कार्यालय भाडाको घरमा सारेर हरिपौरीमा कलेज स्थापित गराएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका पुर्व सदस्य कोमल वली,बबइ गाँउपालीकाका प्रमुख कुल बहादुर खत्री,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालीसे,प्याव्सन दाङका बरिष्ठ उपाध्यक्ष विजय जि.एम,डाक्टर किशोर खत्री,बिद्यार्थी निराजन आचार्य लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कलेजले सञ्चालन गरेका गतिविधिलाई समेटेर तयार पारीएको मेट्रो प्रवाह पुस्तकको विमोचन समेत गरएिको छ ।
सञ्चालक समित सदस्य तथा सिटिइभिटिका प्रतिनिधि मोतिलाल चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण प्रशासन सहायक तिला ढकालले गर्नुभएको थियो । कार्यक्रममा कलाकार यमन श्रेष्ठले सांगेतिक प्रस्तुती राखेका थिए भने कलेजका विद्यार्थीहरुले विभिन्न नृत्य तथा गित प्रस्तुत गरेका थिए ।
यसैविच कलेज स्थापनामा महत्वपुर्ण योगदान पुर्याएको भन्दै दुई जना सम्मानीत भएका छन ।सम्मानीत हुनेहरुमा संस्थापक सदस्य सम्भु रेग्मी र तुलसीपुर-१२ का निवर्तमान वडा अध्यक्ष तथा कलेजका संस्थापक सदस्य सुर्यवहादुर डाँगी(श्याम) लाई सम्मान गरीएको हो । यस्तै माघ ४ गतेदेखि ७ गते सम्म वार्षिकोत्सवका अवसरमा कलेजमा सञ्चालन भएका विभिन्न अतिरिक्त कृयाकलापमा सहभागी भइ उत्कूष्ट हुने छात्र/छात्रालाई समेत पुरस्कूत गरीएको थियो ।