२०८२ बैशाख १३ गते शनिवार

मेला सँधैका लागि बन्द अभियान चलाएकाे तुलसीपुर उद्योग वाणिज्य संघकाे आयाेजनमा महाेत्सव हुँदै



 

तुलसीपुर,८ माघ ।

तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर महोत्सव २०८० सञ्चालन  गर्ने भएकाे छ ।

आज (साेमवार) पत्रकार सम्मेलन गरेर माघकाे २४ गतेदेखि फागुन ८ गतेसम्म महाेत्सव सञ्चालन गर्न लागेकाे जानकारी गराएकाे छ ।

गतवर्ष युथ्स अफ तुलसीपुरकाे आयाेजनामा महाेत्सव सञ्चालन हुँदा विराेधमा उत्रिएकाे तुलसीपुर उद्योग वाणिज्य संघले अहिले आफै महाेत्सव सञ्चालन गर्न लागेकाे हाे।

सँधैलाई नाे मेला,मेयर हराएकाे सूचना,बजार बन्द लगाएतका कार्यक्रम आयाेजना गरि विराेध जनाएकाे तुलसीपुर उद्योग वाणिज्य संघले यस वर्ष मेला लगाउदै छ ।

महाेत्सव तयारी गरिरहेका बेला व्यापारीवाटै विराेध हुन थालेपछि पत्रकार सम्मेलनको आयोजना गरेर महाेत्सवका वारेमा  संघले जानकारी गराएकाे हाे।

संघका अध्यक्ष राम प्रसाद चालिसेले माघ २४ देखि फागुन ८ गतेसम्म महाेत्सव  घाेराहीराेडमा ऊँ शान्ती सिनेमा हलदेखि पुर्वतर्फकाे खुला मैदानमा सञ्चालन  हुने जानकारी दिनुभयाे ।

महाेत्सववाट संकलित रकमले दाेघरेमा रहेको संघकाे सभाहललाई पूर्णता दिने, अरनिको मैदानलाई विस्तार गर्ने, मानव सेवा आश्रम र आचार्य कुलमले निर्माण गर्ने भवनका लागि आर्थिक सहयोग गर्ने र राप्ती बहिरा सङ्घमा अक्षयकोषकाे स्थापना  गर्ने संघका अध्यक्ष चालिसेले बताउनुभयाे ।अहिलेनै यति रकम दिने भनेर घाेषणा नभएपनि आम्दानीका आधरमा सहयाेग गरीने उहाँले बताउनुभयाे ।

विगतमा अन्य सङ्घसंस्थाले महोत्सव लगाउँदा किन विरोध गरेको हो ? भन्दै पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष चालीसेले व्यापारीलाई मर्का नपर्ने गरि तेतिबेला मेला सार्न मात्रै आग्रह गरेको भन्दै रक्षात्मक जवाफ दिनुभएकाे थियाे।

तुलसीपुर उपमहानगरपालीकाले मेला महाेत्सव सञ्चालन कार्यविधि निर्माण गरीसकेकाले साेही विधिमा रहेर आयाेजना गरीएकाे बताउनुभयाे । महाेत्सवकाे आयाेजकमा तुलसीपुर उपमहानगरपालीकालाई पनि व्यानरमा राखिएकाे छ ।

महाेत्सव ठेक्कामा ठेकेदारलाई दिएकाे छ नि ? भन्ने प्रश्नमा चालिसेले बजारमा आएकाे हल्लामा कुनै सत्यता नरहेकाे टिप्पणी गर्नुभयाे । यति भनिरहदा पत्रकार सम्मेलनमा संघका अन्य जिम्मेवार पदाधिकारी भने उपस्थित थिएनन।

व्यापारीकाे हितमा महाेत्सव छैन भनेर विराेध भैरहदा व्यापारीकै छाता संगठन तुलसीपुर उद्योग वाणिज्य संघले मेला आयाेजना गर्न लागेकाे छ ।

विगतमा जस्तै महोत्सवमा यसपाली पनि स्थानीय कला, संस्कृति, कृषि र हस्तकलाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने आयोजकले बताएको छ। संघका उपाध्यक्ष  रुपबहादुर खत्रीले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमकाे सहजिकरण प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएकाे थियाे।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार